शिक्षक सेवा आयोगले तीनै तहको अध्यापन अनुमतिपत्रको सूचना यहि चैतमा जारी गर्दै (कार्यतालिका सहित)

Image

काठमाडौं ।

शिक्षक सेवा आयोगले तीनै तहको अध्यापन अनुमतिपत्र (शिक्षक लाइसेन्स) को सूचना यहि चैत अन्तिममा जारी गर्ने भएको छ ।

आयोगले मिति भने तोकेको छैन । आयोगले माध्यमिक, निम्न माध्यमिक र प्राथमिक तहको अध्यापन अनुमतिपत्रको सूचना चैत अन्तिममा जारी गर्ने भएको हो।

आयोगका अनुसार परीक्षा २०७९ को असारमा हुनेछ भने नतिजा असोजमा सार्वजनिक गरिनेछ । अध्यापन अनुमतिपत्र वितरण मंसिर महिनामा गरिने आयोगको वार्षिक कार्यतालिकामा उल्लेख छ ।