Khabar Board
Flash logo up side
flash header

पार्टी प्रवेश गरेको एक मिनेटमै बैतडीको सिगासमा माओवादीले दियो उपाध्यक्षको टिकट

Nirbachan m

बैतडी ।

आसन्न स्थानीय तहको निर्वाचनका लागि माओवादीले बैतडीका स्थानीय तहमा उम्मेदवारी दर्ता गराएको छ ।  बैतडीको सिगास गाउँपालिकामा माओवादी केन्द्रले पार्टी प्रवेश गर्ने बित्तिकै पालिका उपाध्यक्षको टिकट दिएको छ।

नेकपा एमालेबाट टिकट नपाएपछि रुष्ट बनेकी लक्ष्मी चन्दलाई माओवादीले टिकट दिएको हो।  चन्दले आजै माओवादी प्रवेश गरेर उपाध्यक्ष पदमा मनोनयन गराएकी छन्।  चन्द एमालेको बैतडी जिल्ला कमिटी सदस्य थिइन्। माओवादीले उम्मेदवार नपाएपछि उनलाई टिकट दिइएको बताइएको छ।

यो पनि : बैतडीका पालिकामा माओवादीका उम्मेदवारले मनोनयन दर्ता, कुन पालिकामा को उम्मेदवार? (नामसहित)

जिल्लाको पुर्चौंडी र मेलौलीमा माओवादी एक्लै चुनावी मैदानमा उत्रेको छ । पुर्चौंडीको मेयरमा विक्रम कुँवर (प्रतीक) र उपमेयरमा नन्दा शाहको उम्मेदवारी दर्ता भएको छ । यस्तै मेलौलीको मेयरमा भीमबहादुर चन्द (भुकम्प) र उपमेयरमा मनिषा दयालको उम्मेदवारी दर्ता भएको माओवादी केन्द्रका जिल्ला संयोजक शंकर भण्डारीले बताए ।

Center article

जिल्लाको दशरथचन्द नगरपालिकामा एकीकृत समाजवादीसंग चुनावी तालमेल गरेको माओवादीले मेयरमा प्रेमसिंह थापाको मनोनयन दर्ता गराएको छ । यस्तै पाटनमा कांग्रेससंग गठबन्धन गरेको माओवादीले उपमेयरमा कमलसिंह बोहराको मनोनयन दर्ता गराएको छ । यस्तै शिवनाथको उपाध्यक्षमा नरेन्द्र साउँद, दोगडाकेदारको उपाध्यक्षमा नवराज भट्ट (कुसुम) र सुर्नयाको उपाध्यक्षमा दिलाराम भट्ट उम्मेदवारी दर्ता गराएको छ ।

यस्तै डिलाशैनीको अध्यक्षमा लोकेन्द्र राना (शितल)को उम्मेदवारी दर्ता भएको माओवादी केन्द्रका जिल्ला संयोजक शंकर भण्डारीले बताए । जिल्लाको सिगास गाउँपालिकाको अध्यक्ष राजेन्द्र साउँद र उपाध्यक्षमा लक्ष्मी चन्दको उम्मेदवारी दर्ता भएको छ । चन्द एमालेबाट असन्तुष्ट बनेर माओवादी केन्द्रमा प्रवेश गरेको जनाइएको छ ।

सम्बन्धित समाचार : बैतडीका स्थानीय तहमा कांग्रेसले उम्मेदवारी दर्ता, कुन पालिकामा को उम्मेदवार? (नामसहित)

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.