बैतडीको पाटन ८ मा वडास्तरीय बाल सञ्जाल गठन, अध्यक्षमा अंकित बिष्ट

Image

बैतडी । बैतडीको पाटन नगरपालिका–८ मा वडास्तरीय बाल सञ्जाल गठन गरिएको छ । अंकित बिष्टको अध्यक्षतामा ११ सदस्यीय वडास्तरीय बाल क्लब गठन गरिएको हो ।

वडास्तरीय बाल क्लबको उपाध्यक्षमा सुमित्रा बिष्ट, केषाध्यक्षमा कबिता महरा, सचिवमा विसेश्वर बिष्ट, सह सचिवमा प्रविन महरा चयन भएका छन् ।

यस सञ्जलले वडासँग सहकार्य गर्दै बाबालिकाका क्षेत्रमा विभिन्न कार्यत्रम गर्नेछ । शुक्रबार वडा कार्यालयमा आयोजना गरिएको बालसञ्जाल पसनरगठन कार्यक्रममा वडा अध्यक्ष हरिश बिष्ट, युवा क्लबका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।