हेटौंडा। हेटौंडा सिमेन्ट उद्योग लिमिटेड का मजदुरहरुले समयमा तलब नपाएको भन्दै बोरोध जनाएका छन् । धेरै समय देखि तलब नदिएको भन्दै त्यहाका मजदुर संगठनले एक बिग्यप्ती जारिगर्दै उद्योगका महाप्रबन्धक को राजिनामा माग गरेका छन् ।
मजदुरहरुले काम गरेबापत तलब नपाएको , तलब माग गर्दा तलब नदिने , मोबाइल स्वीच अफ गर्ने , लुकिछिपी हिड्ने महाप्रबन्धक ले जिम्मेवारी निभाउन नसकेको भन्दै राजिनामा माग गरिएको बिग्यप्तीमा जनाउदै नेपाल औद्योगिक मजदुर सङगठन तदर्थ समिति हेटौंडा सिमेन्ट उद्योग लिमिटेड , समग्र उद्योग ट्रेड युनियन नेपाल तदर्थ समिति हेटौंडा सिमेन्ट उद्योग लिमिटेड ले बिग्यप्ती जारी गर्दै महाप्रबन्धकको राजिनामा माग गरेका हुन् , नेपाल औद्योगिक मजदुर संगठन तदर्थ समिति हेटौंडा सिमेन्ट उद्योग लिमिटेड का अध्यक्ष दिपक सिं थोकरले जानकारी दिएका छन्।















