Khabar Board

हेटौंडा १२ को उपनिर्वाचनमा २ वटा मतदानस्थल ९ वटा बुथ रहने

हेटौंडा। हेटौँडा उपमहानगरपालिका वडानम्बर १२ को वडा अध्यक्ष पदमा मंसिर १६ गते हुने उपनिर्वाचन सम्पन्न गर्न ४५ जना कर्मचारी खटाईएको छ भने २ वटा मतदानस्थलमा ९ वटा मतदान बुथ केन्द्र रहने छ मतदान स्थल प्रतिभा आधारभूत विध्यालय सिग्रेनीमा ५ र विष्णुज्योति आधारभूत विद्यालयमा ४ वटा बुथ रहने निर्वाचन आयोगले जनाएको छ ।
मुख्य निर्बाचन अधिकृत अवनी मैनाली भट्टराईले बिहीबार निर्वाचनमा आवश्यक पर्ने ५८ प्रकारका सामाग्री कर्मचारीहरुलाई हस्तान्तरण गरिएको छ ।

मतदान स्थलमा सुरक्षाको लागि ८ वटा प्वाईन्ट बनाईएको प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले बताउनुभयो साथै सुरक्षा लाई
मध्यनजर गर्दै मतदान हुने अघिल्लो दिन राती देखि नै हेटौंडा १२ नम्बर वडा सिल गर्ने तयारी रहेको छ भने मतदमान स्थलको बाहीरी घेरामा नेपाली सेना, भित्री घेरामा सशस्त्र प्रहरी र मतदान स्थलको पहिलो घेरामा आवश्यकता अनुसार नेपाल प्रहरी परिचालन हुने प्रजिअ चिलुवालले बताउनुभयो ।

सुरक्षा सुदृढ बनाउन राष्ट्रिय अनुसन्धान केन्द्र समेत परिचालन गरिने छ भने निर्वाचन भएलगत्तै हेटौँडा उपमहानगरपालिका २ सिदार्थ मावीमा मतगणना गर्ने तयारी गरिएको प्रजिअ चितुवालले बताउनुभएको छ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.