बैतडी
बैतडीको शिवनाथ गाउँपालिका वडा नं ३ मा नेपाली काँग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । काँग्रेसका केशब कलौनी ३सय ६१ मत ल्याएर प्यानल सहित अध्यक्षमा निर्वाचित भएका हुन् ।
यस्तै वडा सदस्यमा सर्मा साउँद, बमिला पार्की,कृष्ण साउँद र लक्ष्मण साउँद विजयी भएका छन् । नेपाली काँग्रेसका उम्मेदवार कलौनीका प्रतिद्वन्धी चन्द्र साउँदले २ सय ६१ मत ल्याएका छन् ।
यो पनि : बैतडीको सिगास गाउँपालिका वडा नं ७ को अध्यक्षमा कांग्रेसका साउँद विजयी
बैतडीको सिगास गाउँपालिका वडा नं ७ को वडा अध्यक्षमा नेपाली कांग्रेसका कर्णबहादुर साउँद विजयी भएका छन् । उनले २६७ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिस्पर्धी एमालेका कृष्णकुमार अवस्थीले १७१ मत ल्याए ।
वडा सदस्यमा भने दुई जना नेपाली कांग्रेस र दुई जना एमालेबाट निर्वाचित भएका छन् । सिगास गाउँपालिकामा नेपाली कांग्रेसको अग्रता कायमै रहेको छ । अध्यक्ष र उपाध्यक्ष दुवै पदमा कांग्रेसले अग्रता कायम राखेको हो ।
