Khabar Board

डडेल्धुराको गन्यापधुरामा परियोजना सल्लाहकार समिति गठन

डडेल्धुरा ।

लूनिभा बाल सरोकार समूह डडेल्धुराद्वारा संचालित SEEN परियोजना अन्तर्गत परियोजना सल्लाहकार समिती गठन भएको छ । गाउपालिका उपाध्यक्ष ग्यानु कुमारी सेटि को संयोजकत्वमा १५ सदस्यीय समिती गठन भएको छ ।

लूनिभा द्वारा सन्चालित परियोजनाहरुमा सल्लाह सुझाव तथा सहयोग, सहकार्य साथै कार्यक्रमको अनुगमन गरि प्रभावकारीका लागि उक्त समिति गठन भएको लुनिभाका जिल्ला कार्यक्रम संयोजक भुवन बिष्टले जानकारी दिनु भयो । साथै कार्यक्रममा समग्र गाउपालिकाको शिक्षा अवस्था र अबको योजनाबारे शिक्षा शाखा प्रमुखले प्रस्तुति गर्नु भएको थियो ।

समाजिक बिकास कार्यालय बैतडी

गन्यापधुरा गाउपालिकामा शिक्षाको क्षेत्रमा धेरै चुनौतीहरु भए तापनि गाउपालिकाले शिक्षालाई पहिलो प्राथमिकता दिई कार्यक्रमहरु तय गरिरहेको गन्यापधुरा गाउपालिका शिक्षा शाखा प्रमुख तस्बिर सिह घटालले बताउनु भयो ।

उक्त कार्यक्रममा युवा शिक्षा अभियान्ता गन्यापधुराले शिक्षा तथा बालबालिका क्षेत्रको समग्र बिकासका लागि गन्यापधुरा गाउपालिका अध्यक्ष श्री इन्द्र बहादुर कार्कीलाई सुझाव पत्र हस्तान्तरण गरेको छ ।

sticker after add
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.