हेटौंडामा २१औं विश्वशान्ति महा मैत्री बोधि मार्गदर्शन कार्यक्रम हुने

Image

हेटौंडा / मकवानपुरको हेटौंडा उपमहानगरपालिका–४ स्थित लोकतान्त्रिक (हुप्रा) चौरमा “२१औं विश्वशान्ति महा मैत्री बोधि मार्गदर्शन तथा मैत्री धर्म आध्यात्मिक अनुष्ठान कार्यक्रम–२०८२” आयोजना हुने भएको छ।

चैत्र २६ देखि ३० गतेसम्म सञ्चालन हुने उक्त कार्यक्रममार्फत विश्वशान्ति, मैत्रीभाव र आध्यात्मिक चेतना फैलाउने उद्देश्य राखिएको आयोजकले जनाएको छ। प्रेस विज्ञप्ति जारी गर्दै आयोजकले वर्तमान विश्वमा बढ्दो हिंसा, असहिष्णुता र विभाजन अन्त्य गर्न दया, करुणा, सहिष्णुता र मानवताको भावना विकास गर्नुपर्ने आवश्यकता औंल्याएको छ।

कार्यक्रममा सञ्चारकर्मी, धर्मगुरु, नागरिक समाज तथा सर्वसाधारणलाई सहभागिताका लागि आमन्त्रण गरिएको छ।
आयोजकका अनुसार व्यक्तिगत शान्तिबाटै विश्वशान्ति सम्भव हुने भएकाले सबैलाई सकारात्मक सोच, मैत्रीभाव र सहअस्तित्वको मार्ग अपनाउन आग्रह गरिएको छ।