हेटौंडा / NPBCL को पछिल्लो सार्वजनिक गरिएको प्रतिवेदनले करोडौँ रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरेपछि यसको पारदर्शिता र प्रभावकारितामाथि गम्भीर प्रश्न उठ्न थालेका छन्। प्रतिवेदनअनुसार ११ करोड ७२ लाखभन्दा बढी रकम विभिन्न कार्यक्रममा खर्च गरिएको उल्लेख गरिएको छ, तर त्यसअनुसारको ठोस विकास कार्य भने देखिन नसकेको भन्दै स्थानीय जनता आक्रोशित बनेका छन्।
प्रतिवेदनमा उल्लेख भएअनुसार ठूलो रकम परामर्श सेवामा खर्च गरिएको छ। यसबारे आलोचकहरू भन्छन्, “यति धेरै रकम परामर्शमा खर्च हुनु भनेको विकासभन्दा बढी खर्च व्यवस्थापनमै केन्द्रित भएको संकेत हो।”
यसैगरी, करिब ११करोड ७२ लाख रुपैयाँ गाडी खरिद, हवाई यात्रा, विभिन्न कार्यक्रम, पूजा तथा स्वागत जस्ता शीर्षकमा खर्च गरिएको उल्लेख छ। जनता बाट उठाइएको करिब ३१ करोड ७६ल लाख रकमको यति ठूलो लगानीपछि पनि जनताले अपेक्षा गरेको विकास नदेखिएको भन्दै चरम असन्तुष्टि र व्यापक बिरोध बडेको छ।
सेवा, सहयोग र आवाज अभियानका अध्यक्ष बिशाल राज महतले यस विषयमा कडा प्रतिक्रिया दिँदै तत्काल छानबिनको माग गर्नुभएको छ। उहाँले भन्नुभयो, “जनताको पसिनाको पैसा दुरुपयोग गरेर केवल प्रतिवेदन सार्वजनिक गर्दै उम्किने दिन अब समाप्त भएको छ।”
उहाँले उच्चस्तरीय छानबिन समिति गठन गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने माग गर्नुभएको छ। साथै, आवश्यक परे सञ्चालकहरूको सम्पत्ति बेचेर भए पनि जनताको रकम फिर्ता गरिनुपर्ने चेतावनी समेत दिनुभएको छ।
स्थानीयस्तरमा समेत यस विषयलाई लिएर आवाज उठ्न थालेको छ। सरोकारवालाहरूले अब चुप लागेर बस्ने अवस्था नरहेको भन्दै पारदर्शिता र जवाफदेहिताको माग गरिरहेका छन्। अब सहने होइन, हिसाब माग्ने समय आएको छ।
















