बोल्दा बहिष्कार, चुप बस्दा स्वीकार—कस्तो राजनीति? विशाल राज महत

Image

हेटौंडा/ “आवाज उठाउँदा अपराधी, चुप बस्दा योग्य?”
जनताको आवाज बोल्दा अनियमितता, बेथिति र भ्रष्टाचार विरुद्ध उभिँदा पार्टीभित्रै खबरदारी गर्दा फरक मत राख्दा मलाइ दिइएको ‘उपहार’ के रह्यो?
कारबाही।

लोकतन्त्रको नारा उचाल्नेहरू, वाक स्वतन्त्रताको पाठ पढाउनेहरू, वैकल्पिक राजनीति भन्दै सपनाको व्यापार गर्नेहरू जब व्यवहारमा उत्रिन्छन्, त्यही पुरानो रोग दोहोरिन्छ: सवाल नगर, नत्र गेट आउट। अनि प्रश्न उठ्छ के यही हो लोकतन्त्र?के यही हो वैकल्पिक राजनीति? वा केवल नयाँ नाममा पुरानै प्रवृत्तिको पुनरावृत्ति? म सामाजिक हु कागजमा होइन, व्यवहारमा।

बिरामीको साहारा बन्दा, विपन्नको आवाज बन्दा, विद्यार्थीको अभिभावक बन्दा अन्याय परेकाका लाई साथ दिदा मैले कहिल्यै पार्टीको कार्ड हेरेको छैन। मैले त केवल मान्छे देखेको छु, पीडा देखेको छु, अनि सकेको साथ दिएको छु।
तर विडम्बना!

जसलाई वैकल्पिक शक्ति सम्झिएँ त्यहीँबाट आज मलाई “फरक मत राख्ने अपराधी” बनाइयो। मलाई पदको लोभ छैन यदि हुन्थ्यो भने, म पनि दौडमा हुन्थेँ, टिकट माग्थेँ,कुर्सीको हिसाब गर्थेँ । तर मैले रोजेको बाटो फरक छ
सेवा, सहयोग र आवाजको समाजिक अभियान्ता तथा सेवा सहयोग आवाज हामीका अध्यक्ष बिशाल राज महतले लेखेका छन् ।

पार्टीले दिएको होइन यो भावना यो त म भित्रको बोध हो, जुन पार्टी जन्मिनु अघि पनि जिउँदो थियो, र आज पनि छ। भोलि पनि रहन्छ। तर जब कुनै पार्टी आफूलाई वैकल्पिक भन्दै,फरक मतलाई दुश्मन ठान्छ,सवाल गर्नेलाई निकाल्ने भाषा बोल्छ त्यो पार्टी वैकल्पिक रहन्न पुरानै सोचको नयाँ आवरण मात्र हुन्छ । ममाथि गरिएको व्यवहार केवल राजनीतिक निर्णय होइन, यो मेरो मानहानि हो, मेरो अस्तित्वमाथिको प्रहार हो।

बालेन र रवि को लोकप्रियताबाट चिट्ठा परेर शक्तिमा आएका केही व्यक्तिहरूले शक्ति सन्तुलन गर्न नसक्दा उनीहरूको निराशा पत्रको भावबाट नै प्रस्ट हुन्छ।
हेक्का रहोस्, राजा रङ्क हुने र रङ्क राजा हुने यही नै राजनीतिको विशेषता हो। स्यालहरू स्यालकै झुन्डमा कराउँछन्, बाज एक्लै उड्छ। उसको रफ्तार र उचाइको स्थिरता अद्भुत हुन्छ। समयको कालखण्डमा यसलाई पनि समयले नै परिभाषित गर्दै जानेछ।
धन्यवाद