हेटौंडा / मकवानपुरको थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निरज पौडेल र कृषि प्राविधिक राजकुमार श्रेष्ठलाई बिदाइ गरिएको छ।
प्रमुख प्रशासकीय अधिकृत पौडेलका लागि ‘फेरि भेटौँला’ कार्यक्रम तथा स्वेच्छिक अवकाश लिनुभएका कृषि प्राविधिक श्रेष्ठका लागि बिदाइ कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा नगर प्रमुख विष्णु विष्टले नगरपालिकामा रहँदा दुवैले पुर्याएको योगदान, सेवा र समर्पणप्रति आभार व्यक्त गर्दै आगामी जीवन सुखमय, सफल र मंगलमय रहोस् भन्ने शुभकामना व्यक्त गरे।
नगरपालिकामा रहँदा दुवैले निर्वाह गरेको जिम्मेवारी र स्थापित गरेको आत्मीय सम्बन्ध तथा सहकार्य सधैँ स्मरणीय रहने विश्वास व्यक्त गरिएको छ।
















