Khabar Board
Flash logo up side
flash header

राजनीतिमा लुटेराहरुलाई कुनै पनि ठाउँ छैन : माधवकुमार नेपाल

हेटौँडा । हेटौंडामा भएको ९ औ जिल्ला अधिवेशनमा बोल्दै नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अझै पनि लोकतन्त्रको रक्षा गर्ने चुनौती विद्यमान रहेको बताएका छन् ।

अध्यक्ष नेपालले प्रतिगामी शक्तिहरु सल्बलाउँदा गणतन्त्र, लोकतन्त्र र संघियता माथि नै चुनौती थपिएको बताएको साथै नेपालले प्रतिगामी शक्तिहरू संविधानविरूद्ध लागि रहेको आरोप लगाएका छन् ।

यातायात कार्यालय हेटौँडा

नेपालले लोकतन्त्रवादी र संविधानका पक्षधरहरु प्रतिगामी शक्तिविरुद्ध एकतावद्ध हुनुपर्ने जिकिर गर्दै देशको स्वाधिनता र राष्ट्रियताको रक्षाको लागि पनि सबै देशभक्ती शक्तिहरु मिल्नुको विकल्प नभएको उहाँको भनाई रहेको छ । एमालेका अध्यक्ष केपी शर्मा ओली प्रति लक्षित गर्दै नेतृत्वमा अहंकार बढ्दा झण्डै दुई तिहाइको बहुमतको सरकारबाट पनि मुलुकको समृद्धि हुन नसकेको जिकिर गरेका छन।

नेपालले देश निर्माण गर्न सबै राजनीतिक दलहरुले बहस चलाउनुपर्ने भन्दै बालुवाटारमा बैठक हुने बित्तिकै सरकार फेरबदलको कुरा चल्यो भन्ने गलत भाष्यलाई चिर्न पनि नेतृत्वतहमा बसेकाहरुको व्यवहार परिवर्तन गर्नुपर्ने उहाँको भनाई रहेको छ । अध्यक्ष नेपालले राजनीतिमा लुटेराहरुलाई कुनै पनि ठाउँ नभएको समेत बताएका छन्। राष्ट्रलाई बर्बाद पार्नेहरुको आफ्नो पार्टीमा कुनै स्थान नभएको समेत उहाँले स्पष्ट पारेका छन।

अध्यक्ष नेपालले समाजवादी मोर्चा कसैलाई तर्साउने पाटी नएको पनि बताएका छन। कार्यक्रममा पार्टीको गतिविधिलाई समाचार मार्फत प्रचार गरेको भन्दै विभिन्न सञ्चार माध्यमहरुलाई सम्मान समेत गरिएको थियो ।

पार्टीका मकवानपुर अध्यक्ष विष्ण दाहालको सभाध्यक्षतामा भएको कार्यक्रममा पार्टीका उपमहासचिव एवम् बागमती प्रदेश इन्चार्ज डा.गंगालाल तुलाधार, स्थायी कमिटी सदस्य विरोध खतिवडा, पोलिटब्युरो सदस्य ललित बस्नेत, मकवानपुर इन्चार्ज मुनु सिग्देल सहित विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.