हेटौंडामा गर्मी बढेसँगै डेंगु सङ्क्रमितको सङ्ख्या थपिर्दै

Image

हेटौंडा – गर्मीयास बढे सँगै मकवानपुरमा डेंगु सङ्क्रमितको सङ्ख्या थपिर्दै गएको छ । जनस्वास्थ्य कार्यालय मकवानपुरका अनुसार ८५७ जनामा डेंगु सङ्क्रमण पुष्टि भइसकेको जनस्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिए ।

जिल्लामा सबैभन्दा धेरै हेटौँडा उपमहानगरमा डेंगु सङ्क्रमित भेटिएका छन् । यहाँ २७० पुरुष र २७५ महिलागरी ५४५ जनामा डेंगु सङ्क्रमण पुष्टि भइसकेको छ ।

कैलाश गाउँपालिका १,थाहा नगरपालिकाका ३ जना, मकवानपुरगढी गाउँपालिका २० जना, बागमती गाउँपालिकाका २४ जना, मनहरी गाउँपालिकाका ७२ जना, इन्द्रसरोवर गाउँपालिकाका ४ जना, भीमफेदी गाउँपालिकाका ३७ जना, बकैया गाउँपालिका २५ जना र राक्सिराङ गाउँपालिकामा २ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।

हेटौँडा अस्पतालमा ८२ जना अन्य जिल्लाका १२ जना ठेगाना नखुलेका ३० जनामा डेंगु सङ्क्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । गत वर्षमा डेंगु सङ्क्रमण कारण एक जनाको मृत्यु भएको थियो भने मकवानपुरमा पाँच हजार ८६४ जनामा डेंगु सङ्क्रमण भएको थियो।