हेटौंडा – मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर–२ सुकौरामा सवारी दुर्घटनामा हुदा ३ जना घाइते भएका छन् । भीमफेदी–कुलेखानी हुदै काठमाण्डौ जाने सडकमा बाराबाट काठमाण्डौ तर्फ जादै गरेको मधेश प्रदेश ०४–००१ च ०१४० नंबरको माछा बोलेको गाडी आफै अनियन्त्रित भई सडकबाट करिब ४० मिटर तल खस्दा ३ जना घाइते भएका हुन् ।
गाडी दुर्घटना हुदाँ चालक पर्षा बिरगंज महाँनगरपालिका वडा नम्बर–१९ विभाद बस्ने २२ वर्षिय धनेश राम, सहचालक
बारा कलैया नगरपालिका–१६ मझैलिया सोरा बस्ने २७ वर्षका छोटेलाल मोहरा र ४५ वर्षका तपसी मोहरा घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । सबै घाईतेहरुलाई उपचारको लागी ट्रमा सेण्टर काठमाण्डौ पठाएको घटनास्थलमा रहेको प्रहरीले जनाएको छ ।
















