हेटौंडा । मकवानपुरमा सरुवा भई आएका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले हेटौंडामा पत्रकार सम्मलेन गरेका छन्। चिलुवालले पत्रकारहरु लाई सम्बोधन गर्दै सत्य तथ्य समाचार लेख्दा डराउनु नपर्ने बताउनु भएको छ ।
बिहिबार जिल्ला प्रशासन कार्यालय मकवानपुरमा पत्रकार भेटघाट गर्दै पत्रकार हरुको सुरक्षाको लागि आफु लागिपर्ने बताउनु भयो। यस्तै उनले जिल्लाको गुणस्तरीय सेवा र सुरक्षा प्रशासनको प्राथमिकतामा रहेको बताउनु भयो।
चिलुवालले सेवाग्राहीलाई गुणस्तरीय सेवा दिन प्रशासन प्रतिबद्ध रहेको समेत बताउनुभयो । जिल्लाका सम्पूर्ण सरकारी निकायबाट प्रवाह हुने सेवालाई चुस्त दुरुस्त बनाई गुनासो रहित बनाउन प्रशासन लागिपरेको उहाँको भनाई रहेको छ ।
प्रमुख जिल्ला अधिकारी चिलुवालले हरेक नागरिकले स्वतन्त्रतापूर्वक बाच्न र बोल्न पाउने अधिकारको सुनिश्चिता गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । समाजमा अराजक गतिविधि गर्नेहरुलाई कानुन बमोजिम कारवाही गर्न प्रशासन पछि नहट्ने उनको प्रतिबद्धता रहेको थियो ।
प्रमुख जिल्ला अधिकारी चिलुवालले मनसुन बाट हुने जोखिम न्यूनीकरण , बजार अनुगमन साथै अखाद्य वस्तुमा रोक लगाउनेकुरामा पालिकाहरू संग समन्वय गरी सतर्कता अपनाउनु र उद्वार , राहातको प्रकृयालाई अगाडि बढाउन छलफल भैरहेको बताउनु भयो।
पत्रकार भेटघाट कार्यक्रममा नेपालपत्रकार महासंघ बागमती प्रदेशका सस्थापक अध्यक्ष ताप बिष्ट, नेपालपत्रकार महासंघ मकवानपुर जिल्ला अध्यक्ष मणिराज गौतम लगायत संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।















