नेकपा एसको नगर अधिवेसनको तयारी पुरा

Image

हेटौंडा। नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीको भोलि हुने प्रथम नगर भेलाको सम्पुर्ण तयारी सकिएको छ ।

हेटौंडाको पल्पसा सदनमा जेठ २६ गते शनिबार बिहान ८ बजेदेखि हुने नगर सम्मेलनको उद्घाटन पार्टीका केन्द्रिय नेता तथा पुर्व प्रधानमन्त्री झलनाथ खनालले गर्ने कार्यक्रम रहेको पार्टीका नगर सचिव सफल अधिकारी ले जानकारी दिए ।

सम्मेलनमा २११ जना प्रतिनिधि रहने छन भने नगर सभामा १५ जना दलित , ६६ जना महिला , ५ जना मुस्लिम , खुलातर्फ १२४ जना रहने अधिकारीले बताएका छन । अधिवेशनमा हेटौंडा उपमहानगरपालिका भित्र रहेका १९ वटै वडा भित्र रहेका वडा कमिटीको सभागिता रहने जनाइएको छ ।