जंगली च्याउ खाँदा ३ जनाको मृत्यु : १६ जना बिरामी

Image

हेटौंडा। वर्षायाम सुरु भएसंगै जंगलमा च्याउ उम्रने समय आएको छ । तर कुन च्याउ खान हुने र कुन् च्याउ खान नहुने भनेर छुट्याउन नसक्दा मकवानपुरमा च्याउ खाएर मृत्यु हुने र बिरामी हुनेहरुको संख्या बढदो छ। त्यही च्याउ ल्याएर पकाएर खाँदा करिब एक हप्ताको अवधिमा ३ जनाको मृत्यु भएको र अरु १६ जना बिरामी परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले बताए ।

मकवानपुरको बिकट राक्सिराङ गाउँपालिका, कैलाश गाउँपालिका, मकवानपुरगढी गाउँपालिकामा जंगली च्याउ खाएर बिरामी परेकाहरु मध्ये ३ जनाको मृत्यु भएको हो भने च्याउ खाएर सामान्य बिरामी परेकाहरु ८ जना रहेका छन् भने ८ जनाको भरतपुर सरकारी अस्पतालमा उपचार भईरहेको भन्डारीले बताएका छन्।