लुमन्तिको नेतृत्व बिकास तालीम हेटौंडा ११ मा

Image

हेटौंडा। हेटौंडा उपमहानगर पालिका ११ नम्बर वडा को सिमलटार टोलबिकासमा रहेको समुदायलाइ लक्षित गरि तालिम दिइएको हो । आवासका लागि सहयोग समूह (लुमन्ती) काठमाडौ र हेटौंडा उपमहानगर पालिका नगर कार्यपालिकाको कार्यालय को सङ्युक्त आयोजना तथा फ्रेसवाटर एक्सन नेटवर्क (FANSA) साउथ एसिया , खानेपानी सरसफाइ तथा उपभोक्ता महासङ्ग को सङ्युक्त आयोजनामा कार्यक्रम सुरु भएको हो ।

दिगो बिकास लक्ष्य ६ हासिल गर्न दक्षिण एसियामा नागरिक संजाललाई सबलिकरण गर्दै अधिकारका लागि अघिबढौ परियोजना अन्तरगत समूह ब्यवस्थापन तथा नेतृत्व सीप बिकास तालिम दिइएको लुमन्तिका कार्यक्रम सम्योजक उद्घव भट्टराई ले जानकारी दिए । राम डङ्गोलको सहजीकरणमा भैरहेको तालिममा सिमलटारका ४५ जना सहभागी रहेका छन् ।

बुधबार ९ गते सम्म चल्ने तालीममा हेटौंडा उपमहानगर प्रमुख मिनाकुमारी लामा , हेटौंडा ११ का वडासमन्वय समिति अध्यक्ष यज्ञबहादुर आचार्य , सुन्दर ढोका साथिसेवा का कैलाश गाउँपालिका कार्यक्रम सम्योजक राम पार्की लगायतकाको आतिथ्य ता रहेको थियोे ।