हेटौंडा। हेटौंडामा मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु भएको छ । हेटौंडा उपमहनगरपालिका वडा नम्बर–९ मयुर धापमा मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु भएको हो ।
मयुरधापबाट हेटौडा बजार तर्फ आउदै गरेको बागमती प्रदेश ०३–००५ प २४३ नम्बरको मोटरसाइकलले स्थानीय रामचन्द्र अर्यालका छोरा ५ वर्षिय सिभांस अर्याललाई बाटो छेउमा हिडिरहेको बेला ठक्कर दिईएको हो। घाईते बालक लाई उपचारको लागी हेटौडा अस्पताल ल्याएको थियो तर हस्पिटलमा पुर्याउदा डक्टरले मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले बताएका छन्। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।















