हेटौंडा ११ मा रहेको बित्धुत प्राधिकरणको प्रखाल ढल्यो

Image

हेटौंडा ११ थानाभर्याङ्ग स्थित विद्युत प्रधिकरण को पर्खाल ढलेको छ । दिउँसो करिब २ देखि ३ बजे भित्र भारी बर्षा को बेलामा पर्खाल ढलेको स्थानीय बासिन्दाहरु बताउछन् । सिमलटार पट्टिको करिब २०० मिटर जति पर्खाल लडेर आवतजावत बन्द भएको छ ।

पुरानो पर्खाल जग राम्रो छैन , त्यसमाथि भित्रबाट प्राधिकरणले डिपिसी उठाउने काम गरिएकोले पर्खाल लडेको हुनसक्छ स्थानीयहरुको अनुमान छ । राजमार्ग छेउमा रहेको बिधुतको बाटो सिमलटार ओहोरदोहोर गर्ने मुल बाटो मध्धेको एक हो । करीब ३ /४ बर्ष अघि पनि पर्खाल ढलेको थियोे ।

बिध्यालय बस , अन्य सवारी साधन र सयौ मानिसको आवतजावत गर्ने बाटो यसरी बर्ष बिराएर लडिराख्दा पनि पर्खाल नयाँ फेर्ने कुरामा प्रधिकरणले चासो नदेखाएको देखिन्छ । धन्न मानबिय क्षती भने अहिले सम्म भएको छैन ,अरु तिरको पर्खाल पनि सुरक्षित नरहेको स्थानीयहरु बताउँछन ।