२७ जनाले गरे रक्तदान

Image

हेटौंडा। मानव सेवा आस्रमको १२ औं वार्षिक उत्सवको अवसरमा हेटौंडाको बुद्ध चोकमा रक्तदान कार्यक्रम गरिएको छ ।

कार्यक्रममा २७ जनाले रक्तदान गरेका छन् । मानव सेवा आश्रम मुख्य कार्यालय हेटौंडाको आयोजनामा गरिएको रक्तदान कार्यक्रम को उद्घघाटन कार्यक्रमकि प्रमुख अतिथी हेटौंडा उपमहानगर पालिकाकी मेयर मिनाकुमारी लामाले गर्नुभएको थियोे ।

कार्यक्रममा हेटौंडा उपमहानगर पालिकाका उपमेयर राजेश बानियाँ , जिल्ला समन्वय समिति मकवानपुर का पुर्व अध्यक्ष रघुनाथ खुलाल , हेटौंडा अस्पताल बिकास समितिका पुर्व अध्यक्ष प्रकाश पौडेल लगायतको आतिथ्यता रहिको थियोे । रक्तदान ७ वटै प्रदेशमा एकैसाथ एउटै समयमा गरिएको मानव सेवा आश्रमले जनाएको छ ।