हेटौंडा११ नवलपुर घर भएकी २२ वर्षीया युवती अलिसा न्यौपानेको हत्यारा पक्राउ

Image

हेटौंडा। गत भाद्र १० गते हेटौंडा–१० बसपार्क रत्ना होटलमा युवतीको हत्या गरी फरार युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

रत्ना होटलको रुम नं २०५ मा हेटौंडा–११ नवलपुर घर भएकी २२ वर्षीया युवती अलिसा न्यौपानेको हत्या गर्ने ३२ वर्षीय समिर खान चाँद खाँ पैठानलाई मकवानपुर प्रहरीले पक्राउ गरेको हो ।

फरार रहेका समिरलाई सोमबार साँझ हेटौंडा–५ लट्टिनाथ मन्दिर क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । उनलाई हिरासतमा राखी थप अनुसन्धान जारी रहेको भण्डारीले बताए।