हेटौंडा ११ मा घट्ट संचालन

Image

हेटौंडा। हेटौंडा उपमहानगर पालिका ११ नम्बर वडाको आफ्नै घरमा
बिकास तितुङ्ग लामाले सिमलटारको आफ्नै निवासमा बिजुली बाट चल्ने घट्ट संचालन गरेका छन।

मकवानपुरको राक्सिराङ्ग गाउँपालिका बाट चलिरहेको घट्टको ढुङ्गा ५० हजार रुपैयाँमा खरिद गरि ल्याएर घट्ट निर्माण गरेको तितुङ्गको भनाइ रहेको छ । इन्डियन मोटर भए ३ हर्ष पावर र चाइनिज भए ५ हर्ष पावरको मोटर र १६ एम्पिएरको एम्सिबी बाट घट्ट चलेको छ ।

एक घन्टामा ५० किलो मकै पिनेको तितुङ्गले बताए । आफुपनि घट्टमा पिनेको पिठोको परिकार खाने र गाउँ का मानिसहरुलाइ पनि खुवाउने उदेश्यले घट्ट संचालन मा ल्याएको तितुङ्गले बताए । गाउँ घरको झझल्को पनि मेटिने र घट्टको ताजा पिठो पनि पाइने भएकोले मेरो यसकुरामा लगाव रहेको छ , अर्को कुरा घट्टमा पिनेको पिठो लामो समयसम्म बिग्रदैन उनले भने ।