निरन्तर बर्षा संगै आएको पहिरोले हेटौंडा ११ मा एक घर क्षति

Image

हेटौंडा । निरन्तरको वर्षाका कारण पहिरो खस्दा हेटौंडाको एक घरमा क्षति भएको छ । हेटौंडा उपमहाँनगरपालिका वडा नम्बर–११ झोलुङ्गे पुल टोल बस्ने तुल बहादुर श्रेष्ठको १ तले ब्लकको ४ कोठे घर बर्षाको कारण क्षति भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

वर्षाका कारण घरमा पुर्ण रुपमा क्षती भएको र घरभित्र रहेका सामानमा पनि क्षति भएको छ भने पहिरोले घरमा क्षती पुर्याएको तर मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। पहिरोले भान्छा कोठामा क्षती पुगेको जनाइएको छ ।