हेटौंडा । मकवानपुरमा नेपाली सेनाको गाडीमा अचानक आगलागी भएको छ । त्रिभुवन राजपथ पालुङ्ग जाने सडकमा आर्मी सवार गुडिरहेको नेपाली सेनाको गाडीमा अचानक आगलागी भएको हो ।
७ नम्बर बाहिनी युद्ध भैरव गण तालिम शिविरका सेना चनवन बाट तालिमको लागि मकवानपुरको सिमभन्ज्याङ तर्फ जाँदै गरेको नेपाली सेनाको ट्रकमा आगलागी भएको छ।
बा १ ग ३४३६ नम्बरको ट्रक आज बिहिवार दिउसो त्रिभुवन राजपथ दामन शिखरकोट जाने सडकको थाहा नगरपालिका वडा न ४ कुर्सीको मोडमा आगलागी भएको हो।
ट्रकको सापट भाचियपछी ट्रकलाई साइट लगाउने क्रममा अचानक आगो लाग्दा ट्रक पुर्ण रुपमा क्षती भएको छ भने सापट भाचियर डिजल ट्याङ्किमा ठोक्किएर डिजल चुहियो त्यसपछि आगलागी भएको ट्रकमा सवार सेनाले बताएका छन्।
१८ जना सवार रहेको ट्रकमा आगोलागी पछि थाहा नगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएपनी ट्रक भने पुर्ण रुपमा क्षती भएको ईलाका प्रहरी कार्यालय पालुङले जनाएको छ। ट्रक नेपाली सेनाको तालिमको लागि सिमभन्ज्याङ रेकि गर्न जादै थियो भने आगलागीबाट मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।















