हेटौंडा । मकवानपुरमा ससुराली जान लागेका एक युवकलाई बकैया खोलाले बगाएर बेपत्ता पारेको छ ।
रौतहट पौराई गाउँपालिका वडा नम्बर–२ घर भई हाल बकैया गाउँपालिका वडा नम्बर–६ फास्ट ट्याकमा काम गर्दै आएका २८ वर्षका अकले माझीलाई बकैया खोलाले बगाएको हो ।
उनी बकैया ६ जुईनामा आफ्नो ससुराली जानलाई बकैया खोला तर्ने क्रममा अचानक खोलामा आएको बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले बताए ।















