भुटनदेवी मन्दिरको सभाहलमा ३२ जनाले गरे रक्तदान

Image

हेटौंडा। भुटनदेवी क्लब को आयोजना र सामुदायिक सेवा उपकेन्द्र तथा सामुदायिक प्रहरी सेवा उपकेन्द्र को सहकार्यमा हेटौंडामा रक्तदान कार्यक्रम गरिएको छ ।

भुटनदेवी क्लब का अध्यक्ष राजु बिष्ट को सभाध्यक्षतामा भुटनदेवी मन्दिरको सभाहलमा शनिबार भएको रक्तदान कार्यक्रममा ३२ जनाले रक्तदान गरे । हेटौंडा उपमहानगर पालिका १० नम्बर वडा का वडाध्यक्ष फुर्वा दोर्जे तामाङ को प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । क्लबले यसै अवसरमा राष्ट्रिय फुटबल टिममा पर्न सफल भएका खेलाडी छिरिङ लामालाई सम्मान समेत गरेको थियोे ।

कार्यक्रममा सामुदायिक प्रहरी सेवाउपकेन्द्र हेटौंडा बसपार्कका अध्यक्ष प्रदीप कडेल , जिल्ला खेलकुद बिकास समिति मकवानपुर का निवर्तमान अध्यक्ष भेष खड्की , जिल्ला फुटबल संघ मकवानपुर का अध्यक्ष टिकाराम लामा , राष्ट्रिय फुटबल खेलाडी अञ्जन बिष्ट , मानव अधिकार कर्मी शर्मिला श्रेष्ठ लगायतकाको आतिथ्यता रहेको थियोे ।