उद्योग वाणिज्यसंघले मुख्यमन्त्री सहित मन्त्रीहरुलाई उद्योगि ,व्यावसायीहरुका समस्या राख्दै स्वागत सम्मान

Image

हेटौंडा। मकवानपुर उद्योग वाणिज्यसंघले आज बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा र मन्त्रीहरुलाई स्वागत , सम्मान साथै छलफल कार्यक्रम गरेको छ । प्रदेशका मुख्यमन्त्रीहरु सहित मन्त्रीहरुलाई बोलाएर उद्योगि र व्यावसायीहरुका समस्या गुनासो राख्दै स्वागत सम्मान कार्यक्रम गरेको हो ।

कार्यक्रममा मकवानपुर उद्योग वािण्ज्यसंघका अध्यक्ष कृष्ण प्रसाद गुप्ता अग्रवाल मुख्यमन्त्री लामा, वन तथा वातावरण मन्त्री कृष्ण प्रसाद सिल्वाल, खानेपानी, उर्जा तथा सिंचाइ मन्त्री श्याम बहादुर खड्का, स्वास्थ्य मन्त्री किरण थापा मगर, श्रम, रोजगार तथा यातायात मन्त्री प्रेम भक्त महर्जन, मन्त्री मधु कुमार श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री मिन कृष्ण महर्जन, उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री शुक मायाँ तामाङ लगायतकालाई स्वागत र सम्मान गरिएको हो ।

मुख्यमन्त्री लामाले उद्योगि व्यावसायीहरुका समस्या समाधानमा प्रदेश सरकार लागिपर्ने बताउदै वषौ देखिका उद्योगिका समस्यामा आफुहरुले सहकार्य गरेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।