हेटौंडा। गैरसरकारी महासङ्ग बागमती प्रदेश ले हेटौंडामा नागरिक संघ संस्था सम्बन्धि नीति सम्वाद तथा परामर्श कार्यक्रम गर्ने भएको छ । कार्यक्रम को पुर्व तैयारी बैठक मा कार्यक्रम बारे बताइएको हो ।
गैसस महासङ्घ हेटौंडाको सभा हलमा भएको कार्यक्रममा उपस्थित नागरिक अगुवाहरुले कार्यक्रम नागरिकको माग राख्न सक्ने थलो बन्नुपर्ने बताएका थिए ।
कार्यक्रममा गैसस महासङ्घका केन्द्रिय सचीव बुद्धशरण लामा , बागमती प्रदेश कार्यबाहक अध्यक्ष कमल कुमार बिस्वकर्मा , प्रदेश सदस्य रामचन्द्र न्यौपाने लगायत संघसंस्था का प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रम असोज २ गते हेटौंडामा हुने जनाइएको छ ।















