मकवानपुरमा पहिलोपटक पुरुष भेट्रान्स भलिबल प्रतियोगिता हुने

Image

हेटौंडा । केशवलाल श्रेष्ठको स्मृतिमा मकवानपुर जिल्लामा पहिलोपटक जिल्ला स्तरीय भेट्रान्स पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।
तुलसी मेहर आवासीय माध्यामिक विद्यालयको मुख्य प्रायोजनमा केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठान हेटौंडा र छहारी युवा समाजको संयुक्त आयोजनामा प्रतियोगिता हुने भएको हो । असोज ३ गते देखि ५ गते सम्म हुप्राचौरमा रहेको भलिवल कोर्टमा प्रतियोगिता आयोजना गर्न लागिएको आज शनिबार पत्रकार सम्मेलन गरि जानकारी गराइएको छ ।

मकवानपुर जिल्लामा भलिवल खेलको गतिविधि बढाउन, भलिवल खेलको विकास गर्न साथै मकवानपुरलाई भलिवल खेल मार्फत् चिनाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक समिति सदस्य मनोज लामा स्याङ्नातले बताउनुभयो । प्रतियोगितामा ४० वर्ष उमेर पूरा भएका सुरक्षा निकायमा कार्यरत बाहेक १ वर्षदेखि मकवानपुरमा बस्दै आएका बाहिरी जिल्लाका कर्मचारी समेत सहभागि हुन पाउने आयोजकले बताएको छ ।

प्रतियोगितामा १० वटा टिम सहभागि हुने आयोजकले अनुमान गरिएको छ भने टिम दर्ता शुल्क दुई हजार तोकिएको छ साथै प्रतियोगितामा प्रथम हुने टिमले नगद तिस हजार, दोस्रो हुनेले पन्ध्र हजार सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले बताएको छ ।

दैनिक एकजना उत्कृष्ट खेलाडीलाई मुख्य प्रायोजकका तर्फबाट पुरस्कारको व्यवस्था रहेको नारायणी कलेज एवं तुलसी मेहर आवासीय माध्यामिक विद्यालयका प्राचार्य रघुनाथ खरालले बताउनुभयो ।