हेटौंडा। हेटौंडा-काठमाडौं छोटो दूरीको कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक सञ्चालनमा रोक लगाउने भनिए पनि खुला गरिएको छ ।
सडक कालोपत्र गर्नका लागि मंगलबार अर्थात् असोज ८ गतेदेखि १९ गतेसम्म १२ दिन सवारीसाधन आवतजावतमा रोक लगाउने निर्णय गरिएको थियो । दसैंको पूर्वसन्ध्यामा सवारीसाधनमा सञ्चालनमा रोक लगाउँदा विभिन्न किसिमको समस्या हुने भएकाले सडक कालोपत्रको काम स्थगित गरेर सवारीसाधनको आउजाउ खुला गरिएको बताइएको छ ।
नगर प्रमुख मोहन बस्नेतका अनुसार दसैंअघि कालोपत्र गर्दा यात्रुलगायत स्थानीयवासीलाई पनि समस्या हुने भएकाले अहिलेलाई कालोपत्र गर्ने काम स्थागित गरिएको बताए ।















