फुटबल संघ (एन्फा) सिस्नेरी एकेडेमीका ३ जना विद्यार्थीको शव हेटौँडा ल्याइयो

Image

हेटौंडा। अखिल नेपाल फुटबल संघ (एन्फा) को सिस्नेरी एकेडेमीका ३ जना विद्यार्थीको शव हेटौँडा ल्याइएको छ । अबिरल वर्षा भएसँगै शनिबार मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी टेकरमा पहिरो जाँदा बत्सला माध्यमिक विद्यालयमा प्रशिक्षण गर्दै आएका ३ जना विद्यार्थीको मृत्यु भएको थियो ।

मृत्यु हुनेमा हेटौँडा-१२ का अनुपम घलान, मकवानपुरगढी गाउँपालिकाका साइमन योन्जन र बारा निजगढका विकल रेग्मी रहेका छन् भने उनीहरूको शव हेलिकप्टरबाट हेटौँडा ११ मा रहेको बागमती प्रदेश प्रहरी कार्यालयमा ल्याइएको थियो ।

जिल्ला खेलकुद विकास समिति मकवानपुरले हेटौँडाको हुप्रा चउरमा तीनवटै शव राखेर श्रद्धाञ्जली सभा गरिएको हो ।