हेटौंडा। हेटौंडा उपमहानगर पालिका १ नम्बर वडा स्थित भैरव डाडामा निर्माण हुँदै गरेको हेटौंडा रेड टाइगर रिसोर्ट छिट्टै संचालनमा आउने भएको छ ।
करिब २० वर्ष वैदेशिक रोजगारिताको लागि जापान बस्दै आएका भरतपुर महानगर पालिका वडा नम्बर ५ का सम्सेर बहादुर अधिकारी सधै अर्काको देशमा बस्नुभन्दा आफ्नै देशमा केही गर्छु भन्दै नेपाल फर्के । जापानमा कमाएको केही रकम जम्मा गरि एउटा रिसोर्ट खोल्ने उद्देश्यले हेटौंडा आए र हेटौंडाको भैरवडाडामा १३ कठ्ठा जग्गा खरिद गरि रिसोर्ट निर्माण मा लागे ।
रिसोर्ट संचालक अधिकारीले म्याथम्याटिक्स मा डिग्री गरि चितवनका स्कुल कलेजमा पढाउदै आएका सरकारी जागिरे अधिकारी ब्यापार ब्यवसायमा केही गर्छु भन्दै जापान गएका हुन् । बदेशिक नोकरीले पैसा त दियो तर सबैकुरा पैसामात्र पनि नहुदो रहेछ भन्दै नेपाल फर्केका अधिकारीले नेपालमै केही गर्ने निधोगरी रिसोर्ट निर्माण गर्नतिर लागेका हुन् । आफुले निर्माण गरेको रिसोर्ट पारिवारिक , बालमैत्री , प्राकृतिक सौन्दर्य अवलोकन गरि रमाउनेहरुको लागि उपयुक्त रहेको र डाडाको बिच एकान्त ,शान्त ठाँउ मा छ अधिकारीले बताए ।
बालबालिका , ठुलाको लागि सुमिङ्ग पुल , पिङ्ग , अन्यकुराहरु पनि निर्माण हुँदै छ , खान , बस्नको लागि राम्रो ब्यवस्था र फास्टफुडको लागि रेस्टुरेन्ट को ब्यवस्था गरिएको अधिकारीले भने । साकाहारी र माम्सहारी दुबैखाले ब्यक्ति हरुको लागि तरकारी खेती , पसुपन्छी पालन गरि लोकल तथा अर्ग्यानिक स्वाद पस्कने तैयारी गरिरहेको अधिकारीले बताए । हेटौंडा वरपरका दृश्य , वरिपरिका हरियाली वातावरण ले मनमोहक बनाउने भैरहव डाडामा निर्मित हेटौंडा रेड टाइगर रिसोर्ट दसैं ,तिहार बिचमा पुर्णरुपमा संचालनमा आउने अधिकारीको भनाइ छ ।