हेटौंडा। मकवानपुरको कुलेखानी सिस्नेरी ३ को ३० घर र कुलेखानी सुलिकोट २ को ५ घरलाई राहत बितरण गरिएको छ । गत साता गएको बाढी , पहिरो बाट घरबार बिहिन तथा पीडित परिवारलाई युवा समाजसेवीहरुले राहत बितरण गरेका हुन।
मकवानपुरका रमेश ठकुरी , दिनेश लामा वाइबा , बिरेन्द्र श्रेष्ठ , सन्तोष बजगाइ , सुभाष बिष्ट , मन्टु कङ्साकार यसैगरी साथी नागरिक बचाउ महा अभियानका भिम राउत , हातिम मिया , गणेश श्रेष्ठ लगायतका युवाहरुले घटना स्थल पुगेर राहत बितरण गर्न शुरु गरेका हुन् । मकवानपुरमा युवा समुहको तर्फबाट राहत पुगेको पहिलोपटक हो यश 5 समुहका का दिनेश लामा वाइबाले बताए ।
राहतमा ३५ बोरा चामल , ३५ काटुन चाउचाउ , ७० लिटर खाने तेल , ७० प्याकेट नून , ३५ थान लुगा धुने साबुन , ७० किलो दाल , ७० किलो स्वायबिन (मस्यौरा) , १५० किलो चिउरा , ६० थान सेनेटरी प्याड , दुई लाख रुपैयाँ बराबराबरको ठुलो मान्छे र बालबालिकाको लुगा र पाँच हजार रुपैयाँ बराबरको औसधि बितरण गरिएको जनाइएको छ ।















