काठमाडौबाट हेटौंडा आउदै गरेको बस भिमफेदीमा दुर्घटना ८ जना गम्भीर घाइते

Image

हेटौंडा । मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर ४ गोल्पिङ बेसीमा बस दुर्घटना हुँदा ८ जना गम्भीर घाइते भएका छन्। बुधबार साँझ काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको बसको ब्रेक फेल भएर दुर्घटना हुँदा ८ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।

घाइते ८ जनालाई उपचारको लागि चितवन पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। प्रहरीका अनुसार बसमा सवार २० जनाको अवस्था सामान्य रहेको छ भने थप विवरण आउन बाँकी रहेको छ।