Khabar Board

फुलपातीको अवसरमा झण्डा फेरियो

हेटौंडा। हेटौंडा उपमहानगरपालिका १० नम्बर वडामा रहेको हेटौंडा बसपार्कको २० फिटको राष्ट्रिय झण्डा फेरिएको छ । राष्ट्रिय प्रजातान्त्र दिवस को अवसरमा फागुन ७ गते राखिएको झण्डा हटाएर १६ फिटको झण्डा राखिएको हो ।

हेटौंडा १० निवासी दिनेश डङ्गोलले आफ्ना स्वर्गीय हजुरबुबा फत्ते नारायण डङ्गोल , हजुरआमा इन्द्रकुमारी डङ्गोल , पिता बालगोपाल डङ्गोलको स्मृतिमा झण्डा राख्न लगाएका हुन् । दसैंको फुल्पातीको अवसर पारेर डङ्गोलकी ममतामयी माता लक्ष्मीदेवि डङ्गोलको हातबाट झण्डा फेरिएको दिनेश डङ्गोलले जानकारी दिए । झण्डा फेर्न नगर प्रहरीहरुले सहजीकरण गरेका थिए ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.