हेटौंडा। हेटौँडा उपमहानगरपालिका वडा नम्बर १६ हटियामा शनिबार दिउँसो करेन्ट लागेर २ बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा बारा जिल्लाको निजगढ नगरपालिका वडा नम्बर १ की ९ वर्षीया बालिका र हेटौँडा–१६ की ७ वर्षीया बालिका रहेको प्रहरीले जनाएको छ ।
उनीहरुलाई हेटौंडा अस्पतालमा ल्याईएकोमा डाक्टरले मृत घोषणा गरेका थिए । प्रहरीका अनुसार हटियाको कभर्डहल छेउमा ११ केभी पिन इन्सुलेटर भाँचिएको थियो त्यसैको नजिक हिडिरहेको अवस्थामा उनिहरुलाई करेन्ट लागेर अचेत अवस्थामा पुगेका थिए।
उक्त इन्सुलेटर नजिकै रहेको फलामको पोलमा सर्ट भएर जमेको पानीमा विूत प्रवाह भएको प्रहरीले जानकारी दिएको छ ।