हेटौँडा– ७ मा रहेको नागस्वती भेट्रान्स क्लबले भेट्रान्स रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता सुरु गर्ने

Image

हेटौंडा। आगामी मंसिर ४ गतेदेखि हेटौँडामा तेस्रो नागस्वती भेट्रान्स रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता हुने भएको छ । हेटौँडा– ७ मा रहेको नागस्वती भेट्रान्स क्लबको आयोजनामा प्रतियोगिता हुन लागेको आयोजक संस्थाले शनिबार पत्रकार सम्मेलनगरि जानकारी दिएको हो ।

तेस्रो संस्करणको राष्ट्रिय रनिङ सिल्ड फुटबल प्रतियोगितामा देशभरका १८ / २० वटा समूहहरुको सहभागिता रहने साथै बिजेतालाई २ लाख १ हजार र उपविजेतालाई १ लाख १ हजार नगद पुरस्कारसहित रनिङ सिल्ड प्रदान गरिने भेट्रान्स क्लबका अध्यक्ष सोमबहादुर तितुङले जानकारी दिएका छन् ।

हेटौँडा ७ मा रहेको नवज्योति माविको खेल मैदानमा हुने प्रतियोगिता सम्पन्न गर्न १९ लाख बढी खर्च लाग्ने अनुमान गरिएकोछ भने प्रतियोगिता मंसिर ४ देखि ८ गतेसम्म हुने भएको र प्रतियोगिताका विधागत पुरस्कार ५० हजार रुपैयाँ प्रदान गरिने अध्यक्ष तितुङले जानकारी दिए ।