हेटौंडा। ग्रीन्डलेज बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । वार्षिक साधारण सभा हेटौंडाको दर्शन पार्टी प्यालेसमा भएको हो । हेटौंडा उपमहानगर पालिका वडा नम्बर १० टिसिएन रोडमा रहेको सहकारीका अध्यक्ष महेन्द्र इटेनीको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगर पालिका १० नम्बर वडाका वडाध्यक्ष फुर्वा दोर्जे तामाङ्गको प्रमुख आतिथ्यता रहेको थियोे ।कार्यक्रमलाई सम्बोधन गर्दै वडाअध्यक्ष तमाङ्गले ग्रीन्डलेजको सदस्य संख्या कम भएता पनि गुणात्मक रूपमा राम्रो काम गरोको बताए । 
कार्यक्रममा प्रगति प्रतिबेदन सहकारी सचीव ऋषि कुमार ढकाल र कोषको प्रतिबेदन कोषाध्यक्ष गोपी प्रसाद न्यौपाने ले प्रस्तुत गरेका थिए । कार्यक्रममा सहकारी उपाध्यक्ष जानुका देवि कडेल , सदस्य रामहरि ढकाल , लेखा समिति संयोजक सागर सापकोटा , सल्लाहकार नारायण प्रसाद कडेल, ब्यवस्थापक शंकर कुवर लगायतकाको आतिथ्यता रहेको थियो साथै यस सहकारीमा ६ सय ४२ जना सदस्य रहेको ब्यवस्थापक कुवरले जानकारी दिए ।















