. हेटौंडा । यहि आउदो मङ्सिर १६ गते हुने हेटौंडा उपमहानगर पालिका १२ नम्बर वडा को अध्यक्ष पदको उप निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी पार्टी बाट कलम चुनाव चिन्न लिएर बलराम बल चुनाव लड्ने भएका छन् ।
निर्वाचन लाई लक्षित गरि पार्टीको हेटौंडा नगर कमिटी को बिस्तारित बैठक बसि चुनाव प्रचार- प्रसार तथा उत्प्रेरक कमिटी गठन गरिएको नगर सचिव सफल अधिकारीले जानकारी दिए । वडालाइ बिकास गर्न सोझो इमान्दार , कर्तव्यनिष्ठ ब्यक्ति चाहिने भएकोले बलराम बललाई चुनेको पार्टीकि केन्द्रिय नेतृ मिना कुमारी लामाले बताउनुभयो ।
कार्यक्रम लाई सम्बोधन गर्दै पार्टीका मकवानपुर जिल्ला अध्यक्ष बिष्णु दाहालले चुनाव जित्न सम्भावना बढी छ तर सबै आ- आफ्नो तर्फबाट प्रचार प्रसारमा लाग्नुपर्ने बताउनुभयो । बैठकमा जिल्ला उपाध्यक्ष कल्पना बिष्वकर्मा ,नगर अध्यक्ष बिष्णु माया लगायत्काको आतिथ्यता रहेको थियो ।

















