जनसेवक कर्मचारी उपभोक्ता सहकारी संस्थाको १६औं वार्षिक साधारण सभा सम्पन्न

Image

हेटौंडा सामाचार/ जनसेवक कर्मचारी उपभोक्ता सहकारी संस्था लिमिटेडको १६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

वार्षिक साधारण सभा हेटौंडा ४ स्थित क्लब हेटौंडा पाटी प्यालेसमा भएको हो । हेटौंडा उपमहानगर पालिका वडा नम्बर ४ मा अवस्थित सहकारीका अध्यक्ष बसन्त राज गौतम को सभाध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश सभा सदस्य तथा सामाजिक बिकास पुर्वमन्त्री कुमारी मुक्तानको प्रमुख आतिथ्यता रहेको थियोे ।

कार्यक्रमलाई सम्बोधन गर्दै पुर्वमन्त्री मुक्तानले सहकारी शुसासन बाट चल्ने बताउनुभयो। यस्तै कार्यक्रमका बिशिस्ट अतिथि सम्बिधानसभा सदस्य प्रल्हाद लामिछानेले जनसेवक सहकारीले राम्रा- राम्रा कार्यहरू गर्दै आएको बताउनुभयो । कार्यक्रममा सहकारीका उपाध्यक्ष राम कुमार बिष्ट , सल्लाहकार शिव प्रसाद बन्जारा , देवनारायण लामिछाने , महेश कुमार सिग्देल , बद्री प्रसाद लामिछाने ल लगायतकाको उपस्थिति रहेको थियोे ।