हेटौंडा सामाचार/ हेटौंडा-१२ को उपनिर्वाचनको लागि नेकपा एकीकृत समाजवादीका उम्मेद्वार बलराम बलले उम्मेदवारी दर्ता गराएका छन् ।
आउँदो १६ गते हुने स्थानिय तहको उपनिर्वाचनका लागि हेटौंडा-१२ को वडाध्यक्षका लागि एकीकृत समाजवादीका बलराम बलले मनोनयन दर्ता गराएको हो ।
१२ नम्बर वडामा जम्मा ८ हजार ५३ मतदाता रहेका छन् जसमा ४ हजार १ सय ७४ महिला र ३ हजार ८ सय ७८ पुरुष रहेको मुख्य निर्वाचन अधिकृत अवानी मैनालीले जानकारी दिएका छन्।

















