हेटौंडा सामाचार/ हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ को रिक्त वडा अध्यक्ष पदका लागि १४ जनाको उम्मेद्वारी दर्ता गराएका छन। मंसिर १६ गते हुने उपनिर्वाचनका लागि ५ जना स्वतन्त्र उम्मेदवार साथै ९ वटा राजनीतिक दलले उम्मेदवारी दर्ता गराएका छन् ।
नेकपा माओवादी केन्द्रबाट रविकुमार प्रधान, नेकपा एमालेको तर्फबाट राजेश नगरकोटी, नेपाली कांग्रेसको तर्फबाट अर्जुनप्रसाद तिवारीले मनोनयन दर्ता गराएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट आशाबिर बल, नेकपा एकीकृत समाजवादीबाट बलराम बल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रेमबहादुर भ्लोन, नेपाल मजदुर किसान पार्टीबाट फूलमाया तितुङ, मंगोल नेशनल अर्गनाईजेसनबाट दिपा लामा, जनता समाजवादी पार्टीबाट छबिलाल वाईबाले उम्मेद्वारी दिएको मुख्य निर्वाचन अधिकृतले जानकारी दिएका छन्।
स्वतन्त्र रुपमा ५ जना उम्मेदवार छत्रप्रकाश अधिकारी, गीताकुमारी नेवार, कुमार पोखरेल, अर्जुन घलान र युनेश लामा स्याङतानले वडा अध्यक्ष पदका लागि स्वतन्त्र उम्मेद्वारी दिएको मु्ख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यस वडामा ४ हजार १ सय ७४ महिला, ३ हजार ८ सय ७८ पुरुष र अन्य गरी कुल ८ हजार ५३ मतदाता रहेका छन् ।

















