Khabar Board

हेटौंडा ११ मा अराइज एण्ड साइन नेपालले जोखिममा परेका युवा युवती लक्षित कार्यक्रम गर्ने

हेटौंडा । अराइज एण्ड साइन नेपाल संस्थाले हेटौंडा उपमहानगरपालिका वडा नंवर ११ मा युवा युवतीहरु बिचमा जिवन उपयोगी तथा जनचेतनामूलक कार्यक्रम गर्ने भएको छ। यस संस्थाले देशमा रहेका किशोर किशोरी तथा युवा युवतीहरु विभिन्न कारणले जोखिममा पर्नुका साथै पारिवारिक कारणले गर्दा परिवार तथा समाजमा रहेर कुशलतापूर्वक आफ्नो कार्य गर्न नसकेको अवस्थमा आबश्यक परामर्श दिनुका साथै जनचेतनामूलक कार्यक्रमहरु गर्दै सामाजको निमार्ण, उत्थान र विकास गर्ने हेतुले यो संस्था स्थापना गरिएको यस संस्थाका कार्यकारी निर्देशक यहोशू लिम्बूले बताएका छन।

राष्टिय योजना आयोगको सचिवालय तथा तथ्याङ्क विभागका अनुसार कडा लागुपदार्थ सेवन गर्ने अधिकांश व्यक्ति एस.इ.इ. १० कक्षा उत्तीर्ण र तलका कक्षाका विद्यार्थीहरू लगभग ७०% रहेका छ्न भने यस्तो किसिमको बिकराल समस्या देखिनुको मुख्य कारण ८२% भन्दा बढी साथिहरुको दबाब र संगत रहेको कार्यक्रम संयोजक राधिका लामाले बताईन। साथै हेटौंडा उपमहानगरपालिकाका बिभिन्न ठाउँहरुमा सर्वेक्षण गर्दा हेटौंडा वडा नम्बर ११ सिमलटार जोखिममा रहेको लामाले जानकारी दिईन् ।

कार्यक्रम हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ का वडा सदस्य बिकास नेपालको प्रमुख आतिथ्यमा भएको थियो भने कार्यक्रममा अराइज एण्ड साइन नेपालका समिति सदस्य सरोज क्षेत्री, हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ टोल बिकास संस्था वडा समन्वय समितिका अध्यक्ष यज्ञराज आचार्य, संचारकर्मी गोविन्द न्यौपाने, हेटौंडा ११ सिमलटा टोल बिकास सस्थाका पूर्व अध्यक्ष मधुकर थापा मगर लगायतको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम भएको हो।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.