हेटौंडा। उच्च अदालत बार र जिल्ला बार एशोसियसन हेटौंडाका अधिवक्ता हरुलाइ हेटौंडामा वाणिज्य कानून विषयक तालिम दिन शनिबार देखि शुरु गरिएको छ । नेपाल कानून ब्यवसायी परिषद लयर्स एकेडेमी समिति ,कुपण्डोल ललितपुर को आयोजना तथा उच्च अदालत बार एशोसियसन , हेटौंडा , जिल्ला अदालत बार एशोसियसन मकवानपुरको सह – आयोजनामा तालिमको ब्यवस्था गरिएको हो ।
अधिवक्ता हरुलाइ सक्षम बनाउने उदेश्यले तालिमको आयोजना गरिएको कार्यक्रमका सभाध्यक्ष नेपाल कानून ब्यवसायी परिषद लयर्स एकेडेमी समितिका उपाध्यक्ष वरिष्ठ अधिवक्ता डाक्टर चन्द्रकान्त ज्ञवालीले बताए । ज्ञवालीको सभाध्यक्षतामा भएको तालिम उद्घाटनमा नेपाल बार एशोसियसनका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरे को प्रमुख आतिथ्यता रहेको थियोे ।
कार्यक्रममा उच्च अदालत पाटन हेटौंडा इजलास का न्यायाधीश मिना गौतम सेढाई , न्यायाधीश सानुमैया डङ्गोल , जिल्ला अदालत मकवानपुरका न्यायाधीश गीता श्रेष्ठ , नेपाल बार काउन्सिल का पार्षद वरिष्ठ अधिवक्ता केशव प्रसाद काफ्ले ,जिल्ला बारका अध्यक्ष अधिवक्ता अप्सरा तिमल्सिना लगायत्काको आतिथ्यता रहेको थियो । तालिम ४२ घन्टाको हुने र मकवानपुर जिल्लाका ४० जना अधिवक्ताहरुको सहभागीता रहेको जनाइएको छ ।