सिटिईभिटि आधारभुत तहको योग प्रशिक्षण तालिम मकवानपुर जिल्लामा सन्चालन गर्न प्रदेश प्रमुख सचिवको आग्रह

Image

हेटौंडा । मकवानपुर वाग्मती सरकार,मुख्य मन्त्री तथा मन्त्रीपरिषद कार्यालयका प्रमुख सचिव डाक्टर हरि प्रसाद लम्सालले सिटिईभिटी बाट सम्बन्धन प्राप्त ३९० घण्टे आधारभुत योग प्रशिक्षण तालिम कार्यक्रम मकवानपुर जिल्लामा पनि सन्चालन गर्न पातन्जल याेग समिति नेपाललाई आग्रह गरेका छ्न्।

डा.लम्सालले विद्यालय मार्फत मकवानपुर जिल्ला र समग्र प्रदेशमा सो तालिम पाठ्यक्रमलाई लागू गर्न गराउन प्रदेश सरकारको तर्फबाट पुर्ण साथ र सहयोग रहने प्रतिबद्धता समेत व्यक्त गरेका छ्न । सिटिईभिटी सँग योग प्रशिक्षण तालिम कार्यक्रमको सम्बन्धन लगायत योगको संस्थागत विकासमा पुर्याउनु भएको विशेष योगदानको कदर गर्दै जिल्ला शाखा मकवानपुरले डा.लम्साललाई सम्मान समेत गरेको छ ।

त्यसै गरि पातन्जल योग समिति नेपालका केन्द्रिय अध्यक्ष बालमुकुन्द सुवालले पातन्जल योग समिति नेपालले सन्चालनमा ल्याएको योगजागरण अभियानमा डा. लम्सालबाट प्राप्त महत्वपुर्ण साथ र सहयोगको लागि विशेष धन्यवाद प्रकट गरेका छ्न । साथै अध्यक्ष सुवालले नेपालको पहिलो योग जिल्लाको रुपमा भक्तपुरले ईतिहास रचेको उल्लेख गर्दै अब मकवानपुर जिल्ला दोस्रो जिल्ला हुने गरि कार्यक्रम गर्न पातन्जल योग समिति मकवानपुर् लाई लागि पर्न अनुरोध गरेका छ्न । पातन्जल योग समिति नेपालका वरिष्ठ उपाध्यक्ष नबराज काफ्लेले वागमती प्रदेश स्तरीय योग परिषद निर्माणको प्रारम्भिक थालनी गर्न डा. लम्साल र प्रदेश सरकारलाई आग्रह गरेका छ्न ।

त्यसैगरी हेटौंडा उपमहानगरपालिका वडा नं. ११ का अध्यक्ष जुना दहालले आफ्नो वडाभित्र योगसँग जोडिएका कुनै पनि कार्यक्रम सन्चालनको लागि स्थानीय सरकार बाट कुनै पनि कमि नहुने बताउनु भयो। पातन्जल योग समिति नेपाल जिल्ला शाखा मकवानपुरका अध्यक्ष लक्ष्मी कडेलले योगजागरण अभियानमा अतिथि वक्ताहरुको भाव अनुसार जिल्ला शाखा लागि पर्ने उल्लेख गर्दै प्रदेश स्तरीय योगाश्रम निर्माणको आवाश्यक जग्गाको प्रबन्ध मिलाईदिन प्रमुख सचिव मार्फत प्रदेश सरकारलाई आग्रह गरेकी छिन ।

सिमलटार योग साधना केन्द्रको व्यवस्थापन एवम सिमलटार टोल विकास संस्थाको समन्वयमा सम्पन्न बधाई तथा सम्मान कार्यक्रममा पातन्जल योग समिति नेपालका केन्द्रिय सदस्य यादव गजुरेल,पातन्जल योग समिति वाग्मती प्रदेशका उपाध्यक्ष ध्रुव भुजेल,हेटौंडा उपमहानगरपालिका, वडा नं. १ का पुर्व वडा अध्यक्ष एवम पातन्जल योग समिति, चाईना क्वाटर योग साधना केन्द्रका उपाध्यक्ष उत्तम शर्मा, जिल्ला सल्लाहकार यज्ञ बहादुर आचार्य,जिल्लाका पदाधिकारी एवम सदस्यहरु,सिमलटार टोल विकास संस्थाका प्रतिनिधि छेगु लामा एवम शारदा शर्मा,सिमलटार योग साधना केन्द्रका अध्यक्ष लक्ष्मी लामा,जिल्ला अविभावक एवम चाईना क्वाटर साधना केन्द्रका प्रतिनिधि मान बहादुर लामा,शान्ती तथा गणेश मन्दिर योग साधना केन्द्र ,कृष्ण मन्दिर साधना केन्द्र,सानो भर्याङ्ग योग साधना केन्द्र लगायत आमन्त्रित योगप्रेमीजनको सहभागीता रहेको थियो ।