हेटौंडा। हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ लाई बालबालिकामा लगानी शुनिश्चित भविष्यको थालनी’ भन्ने मुल नाराका साथ मंसिर १४ गते शुक्रबार बालमैत्री वडा घोषणा गरिने भएको छ ।
मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै १९ नम्बर वडाकि वडा सम्पर्क व्यक्ति मिना देवकोटाले वडाको पन्ध्रसोला खेलमैदानमा निकृष्ट बालश्रम मुक्त, बाल विवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्न लागिएको जानकारी दिईन् ।
बालमैत्री स्थानीय शासन घोषणा गर्न आवश्यक ५१ वटा सुचकहरुमा अभ्यास गरी ५१ वटा सुचकहरुमध्ये ४४ वटा सुचकहरु १०० प्रतिशत र १ वटा सुचक ९८ प्रतिशत, ३ वटा सुचक ९५ प्रतिशत र बाँकी ३ वटा सुचकहरु क्रमशः ९०, ८५ र ८० सम्म नतिजा हाँसिल भएको र २०७९ तथ्यांक संकलन अनुसार १८ वर्ष मुनिका बालबालिकाको जनसंख्या ३ हजार ३ सय ५० रहेको छ । जसमा १ हजार ७ सय २७ बालक र १ हजार ६ सय २३ बालिका रहेको
देवकोटाले बताइन् ।
कुल बालबालिकाको जनसंख्यालाई आधार मान्दा ५१.५५ प्रतिशत बालक र ४८.४४ प्रतिशत बालिका रहेका छ्न भने सामुदायिक र संस्थागत र बाल विकास केन्द्र सहितका १० वटा विद्यालयहरु सन्चालन भइरहेका छन् साथै समुदाय स्तरमा १८ वटा बालसमुहरु र १ वडा बालसन्जाल रहेको छ जसमा ४ सय ५० जना बालबालिकाहरु आवद्ध रहेका छन् ।
वडामा मुख्यतया बालविवाह र बालश्रम जस्ता समस्याहरु धेरै रहेको १९ नम्बर वडाका वडा अध्यक्ष नरनाथ सुवेदीले बताउदै बालमैत्री वडा घोषणापश्चात बालविवाह र बालश्रमको समस्या न्युनिकरणमा लागि पर्ने साथै यस वडा लाई पुर्ण खोप वडा, पुर्ण साक्षर वडा र खुल्ला दिसामुक्त वडा घोषणा गरिसकेको अध्यक्षले बताए ।
यस अघि हेटौंडा उपमहानगरपालिका भित्र रहेका ८,७,९,४,१७,२, १० र १५ ,११, नम्बर वडालाई बालमैत्री वडा घोषणा गरि सकिएको छ ।