हेटौंडा। हेटौंडा उपमहानगर पालिका १९ नम्बर वडालाइ निकृष्ट बालस्रम्मुक्त , बालविवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ । बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा समारोहमा कार्यक्रम कि प्रमुख अतिथि हेटौंडा उपमहानगर पालिकाकी मेयर मिनाकुमारी लामाले घोषणा पत्र पढेर बालमैत्री वडा घोषणा गर्नुभएको थियोे ।
बालमैत्री वडा हुन थोरै सुचक यताउता भएता पनि बालमैत्री हुन पुग्ने सुचक वडाले पार गरेको वडाध्यक्ष नरनाथ सुबेदीले बताए । १९ नम्बर वडा साबिकको बसामाडी गाबिस वडा १ ,२ , ४ , ६ र ७ मिलेर बनेको वडा भएकोले क्षेत्रफलको हिसाबले यश वडालाइ सबैभन्दा ठुलो वडा मानिन्छ । यसको कुलक्षेत्रफल ४७.०७ बर्ग किलोमीटर रहेको वडाले जनाएको छ । वडाका अनुसार २०७९ घरधुरी रहेको छ भने कुल जनसंख्या १०,०९४ रहेको छ । जसमा ४९९३ महिला , ५१०१ पुरुष , ३३५० बालबालिका छन् , बालक १७२७ , बालिका १६२३ रहेका छन् ।
हेटौंडा १९ नम्बर वडा कार्यालय र बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा मुलसमारोह समिति को आयोजनामा हेटौंडा १९ पन्ध्रशोलामा भएको कार्यक्रममा हेटौंडा उपमहानगर पालिकाका उपमेयर राजेश बानिया , उपमहानगर का प्रवक्ता तथा हेटौंडा १ का वडाध्यक्ष सबिन न्यौपाने , उपमहानगर भित्रका वडाध्यक्षहरु जुना दाहाल , सुशील घिमिरे , सुकराम के. सी. , दामोदर गौतम , रामकृष्ण थापा , पेम्बा लामा लागायत सरोकारवाला सरकारी , गैरसरकारी संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियोे ।