हेटौंडा १२ मा भोली हुने उपनिर्वाचनका लागि सम्पूर्ण तयारी पुरा

Image

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१२ मा भोली हुने उपनिर्वाचनका लागि सम्पूर्ण तयारी पुरा भएको छ भने चुनाबका लापि मतपत्र, मत पेटिका, निर्बाचनमा खटिने कर्मचारी समेत पुगेर सबै कामको तयारी भईसकेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी तिर्थराज चिलुवालले बताउनुभयो ।

सबै दलहरु एकताबद्ध भएर भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउनका समहत भएको र त्यही अनुसार काम भइरहेको उनले बताउनुभयो ।

आम मतदाताहरुलाई भयरहित वातावरणमा मतदान गर्ने वातावरण तयार गर्नका लागि सुरक्षाकर्मी नेपाली सेना, ससस्त्र प्रहरी र जनपत्र प्रहरी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी चिलुवालले बताउनुभयो ।