राक्सिराङ्ग गाउँ पालिकाले हाटबजारलाइ निरंतरता दिने

Image

हेटौंडा। मकवानपुर को मनहरी नजीक रहेको चैनपुर स्थित राक्सिराङ्ग गाउँ पालिकाले कृषि हाटबजारलाइ निरंतरता दिने भएको छ । कृषकहरुले उत्पादन गरेका नगदे , जिन्सी बालिको प्रवर्द्धन गर्ने उद्धेश्यले बिगत केहि वर्ष देखि संचालन गरिदै आएको हाटबजारलाइ निरंतरता दिन लागिएको राक्सिराङ्ग गाउँ पालिकाका प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्तौलाले बताए ।

गाउँ पालिकाले हाटबजार संचालन तथा निरंतरताको लागि आइतबार सरोकारवालाहरुसङ्ग छलफल तथा अन्तर्कृया कार्यक्रम गरेको छ । गाउँ पालिका अध्यक्ष राजकुमार मल्लको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गर्तौलाले सहजीकरण गरेका थिए ।

कार्यक्रममा बागमती प्रदेशका पुर्व सभाषद सन्तबहादुर चेपाङ , गाउँ पालिका उपाध्यक्ष बनस्तम थिङ्ग लगायत वडाध्यक्षहरु , वडा सदस्यहरु, गाउँ पालिकाका विभिन्न शाखा प्रमुख तथा संघसंस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।